माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौँ, मंसिर २०। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान आफ्नै निवास खुमलटारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ संगठन अखिल क्रान्तिकारीको स्थगित २३औँ राष्ट्रिय सम्मेलन लगायत विषयमा छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: २० मंसिर २०८१, बिहिबार