बीआरआई सम्झौतापछि नारायणकाजी अचानक चीन उडे
काठमाडौँ, मंसिर २० । नेकपा माओवादीका केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अचानक चीन उडेका छन् ।
नेपाल-चीनबीच बीआरआई सम्झौता भएपछि उपाध्यक्ष श्रेष्ठ अचानक चीन उडेका हुन् ।
उनी चीनका लागि उडिसकेपछि मात्रै बाहिर जानकारीमा आएको बताएको छ ।
उपाध्यक्ष श्रेष्ठ यसअघि परराष्ट्रमन्त्री भएको बेला बीआरआई कार्यान्वयनका लागि सक्रिय थिए ।
श्रेष्ठको निजी सचिवालयले भने उनी सांघाईमा हुने दक्षिण एसियासम्बन्धी एक कार्यक्रममा सहभागी हुन चीन गएको जनाएको छ ।
प्रकाशित मिति: २० मंसिर २०८१, बिहिबार