कर्णालीविरुद्ध काठमाण्डुको खराब सुरुवात, १० ओभरमा ५२ रन जोड्दा गुमायो ४ विकेट
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबार भएको पहिलो खेलमा काठमाण्डु गुर्खाजले खराब सुरुवात गरेको छ।
टियु क्रिकेट मैदानमा कर्णाली याक्सले दिएको १५० विजयी लक्ष्य पछ्याएको काठमाण्डु गुर्खाजले १० ओभरमा ४ विकेट गुमाउँदै ५२ रन बनाएको हो।
कर्णालीले पावरप्लेमा २ विकेट गुमाएर ३९ रन बनाएको थियो। पहिलो विकेटका रूपमा शंकर रानालाई ६ रनमा रन आउटको रूपमा गुमायो।
उनले ७ बलमा १ चौका प्रहार गरेका थिए। दोस्रो विकेटका रुपमा स्टेफेन इस्किनाजी ३ रनमा नन्दन यादवबाट एलबीडब्ल्यु आउट भए।
यसैबीच माइकल लेभिट र भिम सार्की पनि आउट भएका छन्। यससँगै काठमाडौंको चौथो विकेट पतन भएको छ।
माइकल १९ बलमा २ चौका र १ छक्कासहित २२ रन बनाए भने भीम सार्की १० बलमा ९ रन बनाएर पेभेलियन फर्किए।
प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार