सरकारी जागिर लगाइदिने भन्दै ६ लाख ठगी गरेको आरोपमा नासु पक्राउ


 


काठमाडौ । सरकारी जागिर लगाइदिने आश्वासनाम ठगी गरेको आरोपमा नासु पक्राउ परेका छन् ।

सप्तरीको बोदेबसाई नगरपालिकामा कार्यरत नासु यशोदा नन्द भिन्डवारलाई ललितपुर प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको हो ।

पर्साका राजकुमारी चौधरीलाई सरकारी जागिर लगाइदिने भन्दै उनले ६ लाख ३३ हजार ठगी गरेकी हुन् ।

राष्ट्रिय बिधि बिज्ञान प्रयोगशाला खुमलटारमा सहायक वैज्ञानिक पदमा जागिर लगाउने आश्वासन दिएर यशोधा नन्दले ठगी गरेकी हुन् ।

बिएस्सी पास गरेका चौधरीका परिवारले सरकारी जागिरको आश्वासनमा मोटो रकम बुझाएका हुन् ।

पक्राउपछि बयानको क्रममा उनले पैसा लिएको स्वीकार गरेकी छिन् । आफु आर्थिक समस्यामा रहेकाले पैसा फिर्ता गर्न नसकेको उनको बयान छ ।

यशोधालाई ललितपुरको सातदोबाटो वृत्तले पक्राउ गरी मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्