चितवनमा रवि लामिछानेसँग आज पनि बयान लिइँदै


 


काठमाडौं, मंसिर १९ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज (बुधबार) पनि बयान लिइँदैछ ।

चितवनको सहारा चितवन सहकारी संस्थाको बचत अपचलन प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबारदेखि सुरू गरिएको बयान नसक्किएपछि आज पनि उनीसँग बयान लिइन लागिएको हो ।

लामिछानेलाई मंगलबार बिहान बुद्ध एयरको जहाजमार्फत् चितवन लगिएको थियो ।

सभापति लामिछानेलाई गत मंसिर १३ गते काठमाडौं ल्याइएको थियो । कालिमाटीमा कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी समेतको बचत अपचलनको अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याएर बयान लिइएको थियो ।

सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनको अभियोगमा सभापति लामिछानेविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको थियो ।

गत कात्तिक २ गते सोही अभियोगमा सभापति लामिछानलाई पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो ।

प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्