मकवानपुरबाट १ सय ११ किलो गाँजासहित भारतीय नागरिक पक्राउ


 


हेटौंडा । प्रहरीले मकवानपुरबाट १ सय ११ केजी गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा, गाडी र गाडी चालक भारत मोतिहारी चैनपुर ढाका थानाका ३० वर्षीय महोमद समिरलाई पक्राउ गरेको हो ।

मनहरीबाट वीरगन्ज तर्फ जाँदै गरेको बा १० च ५३३ नम्बरको पिकअप गाडीलाई प्रहरीले तीनताप्केमा रोकेर जाँच गर्दा गाडीभित्र १ सय ११ केजी गाँजा फेला पारेको थियो ।

गाडीमा बालुवा र मलले छोपेर गाँजा राखिएको थियो । १३ वटा प्लाष्टिकमा प्याक गरेर गाँजा लुकाएर ल्याएको थियो ।

हेटौंडास्थित लेवट प्रहरी चौकीका प्रहरीले शंका लागेर गाडी रोकेर जाँच गर्ने क्रममा गाँजा फेला पारेको हो ।

प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्