कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौं, मंसिर १८ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जसले गर्दा आज बिहान देशका केही भागमा मौसममा आंशिक बदली रहेको छ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा छ भने तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भन बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलबार