कीर्तिपुर नपाको प्रमुखमा कांग्रेसका डंगोल विजयी
काठमाडौं, १७ मङ्सिर । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी हुनुभएको छ ।
उहाँले पाँच हजार ३३४ मत ल्याएर विजयी हुनुभएको हो । कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार कांग्रेसका डंगोलले पाँच हजार ३३४ मत ल्याएर विजयी हुनुभएको छ ।
यसैगरी, नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले चार हजार ५५५ मत प्राप्त गर्नुभएको छ ।
नेकपा एमालेका सुरेन्द्र मानन्धरले चार हजार ३३७ मत प्राप्त गर्नुभएको छ ।
गत निर्वाचनबाट नेपाली कांग्रेसबाट निर्वाचित कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको गत साउन १० गते निधन भएको थियो ।
प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार