विवाहपञ्चमी महोत्सव-फूलबारी लिला
सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज राम, लक्ष्मण र जानकी (सीता) को स्वरुपमा सिङ्गारिएका बालबालिकालाई जानकी मन्दिरस्थित मडवाको फूलबारीमा घुमाई फूलबारी लिला मनाइँदै । त्रेता युगमा गुरु विश्वामित्र सहित मिथिलाको राजधानी जनकपुरधाममा राजा जनकले आयोजना गरेको धनुष यज्ञमा अयोध्याबाट भाग लिन आएका राम र लक्ष्मण फूलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको र आकर्षित भएर सीताले आफूलाई राम जस्तै वर पाउन कामना गरेको भन्ने किम्वदन्ती छ । तस्बिर : चन्द्रदेव साह/रासस
प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार