पुथा उत्तरगङ्गामा माओवादीकी नरपुरा बुढा विजयी
रूकुम पूर्व, १७ मङ्सिर । रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादीको केन्द्रकी नरपुरा बुढा विजयी हुनुभएको छ ।
यही मङ्सिर १६ गते भएको उपनिर्वाचनमा एमाले–कांग्रेस गठबन्धनबाट उम्मेदवार बन्नुभएकी केशकुमारी तुलाचनलाई पछि पार्दै बुढा विजयी हुनुभएको हो ।
बुढाले तीन हजार छ सय २७ मत ल्याउँदा गठबन्धनबाट कांग्रेसको चुनाव चिह्नमा प्रतिस्पर्धा गर्नुभएकी एमालेकी केशकुमारी तुलाचन दुई हजार एक सय २८ मत प्राप्त गर्नुभयो । बुढाले गठबन्धनलाई एक हजार चार सय ९९ मतान्तरले पराजित गर्नुभएको हो ।
पुथा उत्तरगङ्गा गाउँपालिकाको २ नम्बर वडामा भने नेकपा माओवादी केन्द्रका जगत घर्ती यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।
प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार