ट्रम्पले छोरीको ससुरालाई बनाए पश्चिम मामिलाका सल्लाहकार
वासिङ्टन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्नो सरकारको अर्को महत्त्वपूर्ण पदमा नियुक्ति गरेका छन् ।
ट्रम्पले मसाद बोलोसलाई मध्यपूर्व मामिलाको वरिष्ठ सल्लाहकारमा नियुक्त गरेका छन् ।
बुलोस ट्रम्पका नजिकका साथीका साथै कान्छी छोरी टिफनीका ससुरा पनि हुन् ।
यसअघि शनिबार ट्रम्पले आफ्नी जेठी छोरी इभान्का ट्रम्पका ससुरा चार्ल्स कुश्नरलाई फ्रान्सका लागि अमेरिकी राजदूत नियुक्त गरेका थिए ।
प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार