नलगाढ नगरपालिकाको उपप्रमुखमा माओवादीकी लामिछाने विजयी
काठमाडौं, मंसिर १७ । जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का देवका लामिछाने निर्वाचित भएकी छन् ।
निकटतम प्रतिद्वन्द्धी नेपाली काँग्रेसकी इन्दा चन्द्र (सिंह)लाई पराजित गर्दै लामिछाने विजयी भएकी हुन् ।
लामिछानेले ४ हजार २७२ मत प्राप्त गरिन् भने कांग्रेसकी सिंहले ३ हजार १४७ मत प्राप्त गरिन् । एमालेकी सुनिता बोहोराले २ हजार ५४२ मत ल्याएकी छन् ।
भूकम्पमा परी कांग्रेसबाट निर्वाचित उपप्रमुख सरिता सिंहको मृत्यु भएको थियो । ०८० कात्तिक १७ गतेको भूकम्पमा उनको निधन भएपछि पद रिक्त भएको थियो ।
प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार