कृषि सडक सञ्चालन


 


बाजुरा, फागुन १

बडिमालिका नगरपालिका–९ मा निर्मित सिराडी– माउलेख– जिल्ली पाँच किमी कृषि सडक शनिबारदेखि सञ्चालन भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले सडक उद्घाटन गर्नुभएको थियो ।

जिविसको अनुदान सहयोगमा उपभोक्ता समितिको अगुवाइमा सिराडी माउलेख जिल्ली कृषि सडक निर्माण निर्माण भएको समितिका अध्यक्ष मदनराज पण्डितले बताउनुभयो ।

सिराडी– माउलेख– जिल्ली कृषि सडक बनेपछि शनिबार से१ज ३१० र से१ज ९१९ नंका दुई गाडी चले । जिविसको करिब रु १६ लाख ७० हजार र उपभोक्ता समितिको करिब रु तीन लाख ४१ हजार बराबरको जनश्रमदानमा सडक निर्माण गरिएको हो ।

जिल्लीबाट दैनिक करिब १० किमी हिँड्न बाध्य स्थानीयवासीले अब गाडी चढ्न पाउने भएका हुन् ।

प्रकाशित मिति: १ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्