कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी
कञ्चनपुर, मंसिर १७ । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनमा उनी निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बहादुर चन्दलाई पराजित गरेर अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रकाशले ११०७ मत प्राप्त गरे भने बहादुरले ४८७ मत प्राप्त गरे । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार भट्टले ३६९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितन्द्रबहादुर चन्दले २२५ र राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले २१८ मत पाए ।
साथै स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले १४२, नागरिक उन्मुक्ति पार्टीका हरिष डगौराले १२७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नारा राम कोलीले १२२, स्वतन्त्र उम्मेदवार युवराज चन्दले ९९, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका दिलबहादुर धामीले २४, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले १२ र जनमत पार्टीका यादव बहादुर चन्दले ५ मत प्राप्त गरे ।
प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार