एनसीएचएलको डेप्युटी सिइओमा सैंजु
काठ्माण्डौँ १६ मङ्सिर । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका डेप्युटी सिइओमा नीरज मान सैंजु नियुक्त भइ आजदेखि कार्यभार सम्हाल्नु भएको छ ।
सैंजुसँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकहरूलगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य अनुभव रहेको छ भने उहाँले एमबिएस तथा एमबिए गरी डबल मास्टर्सको डिग्री हासिल गर्नु भएको छ । उहाँको अनुभव तथा कुशलताले एनसीएचएललाई नयाँ उचाँईमा लान महत्वपूर्ण योग्दान पुग्ने कुरामा कम्पनीले विश्वास लिएको छ ।
एनसीएचएलले आफ्नो १ सय २६ भन्दाबढी कर्मचारी मार्फत ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई विभिन्न सेवा सञ्चालन गर्दै आएको छ । साथै यसमा इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/ पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायत १०० भन्दा बढि इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध रहेका छन् ।
प्रकाशित मिति: १६ मंसिर २०८१, आइतबार