जबरजस्ती असुली मुद्दामा आम आदमीका विधायक नरेश पक्राउ
एजेन्सी । आम आदमी पार्टीका विधायक नरेश बल्यान पक्राउ परेका छन् ।
जबरजस्ती असुली मुद्दामा दिल्ली प्रहरीको अपराध शाखाले उनलाई पक्राउ गरेको हो ।
लामो सोधपुछ पछि बालियनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भाजपाले जारी गरेको नरेश बल्यानको अडियो क्लिपमा व्यवसायीहरुबाट फिरौती रकम असुल्ने विषयमा पनि छलफल भएको छ ।
उनले गुण्डा नाइके कपिल साङ्वान उर्फ नन्दुसँग कुराकानी गरेको अडियो क्लिप सार्वजनिक भएको थियो ।
प्रकाशित मिति: १६ मंसिर २०८१, आइतबार