भारतको महाराष्ट्रमा बस दुर्घटना, १२ जनाको मृत्यु


 


नयाँदिल्ली । भारतको दक्षिणपश्चिम राज्य महाराष्ट्रमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

राज्यको गोन्दिया जिल्लामा शुक्रबार दिउँसो करिब १२ बजे राज्य सरकारद्वारा सञ्चालित बस मोटरसाइकलसँग ठोक्किएर जोगिन खोज्दा दुर्घटना भएको हो ।

बस दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । बसमा करिब ३५ यात्रु सवार रहेका बताइन्छ ।

घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रकाशित मिति: १६ मंसिर २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्