करेन्ट लागेर मृत्यु


 


त्रिशूली (नुवाकोट), माघ २९

नुवाकोटको तादीखोलामा माछा मार्ने क्रममा एकजनाको ज्यान गएको छ । आज दिउँसो गाउँखर्क–७ घर भई सुन्दरादेवी–१ बस्दै आएका ७० वर्षीय चतुरमान तामाङको ज्यान गएको हो ।

तामाङको आफैँले माछा मार्ने प्रयोग गरेको करेन्ट लागेर ज्यान गएको हो । बालकुमारी–१ घ्याम्लेस्थित तादीखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २९ माघ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्