ब्रोइलर कुखुराको मासुको भाउ बढ्यो
काठमाडौं, मंसिर १४ । बजारमा ब्रोइलर कुखुराको मासुको भाउ बढेको छ ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँ र तयारी मासुको प्रतिकिलो १५ रुपैयाँले बढाएको हो ।
संघका अनुसार अब प्रतिकिलो जिउँदो कुखुराको २५० रुपैयाँ पर्नेछ ।
यस्तै, तयारी मासुको प्रतिकिलो ३१५ रुपैयाँ निर्धारण गरेको छ ।
प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार