प्रधानमन्त्रीको चीन भ्रमण : ८७ सदस्यीय टोली, धेरै निजी क्षेत्र


 


काठमाडौं,१३ मङ्सिर । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ ।

बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो ।

भ्रमण मंसिरको १७ देखि २० गतेसम्म हुनेछ । भ्रमणमा निजी क्षेत्रको ठूलो उपस्थिति रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले बताउनु भयो ।

निजी क्षेत्र, सांसदहरु र परराष्ट्रमन्त्री मात्रै हुने र अन्य विज्ञहरु मात्रै रहेको बताउनु भयो । न्यूनतम संख्यामै जान लागिएको बताउनु भयो । भ्रमणको एजेण्डाको बारेमा छलफल जारी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको नेतृत्वमा चीनमा हुन गइरहेको भ्रमण मंसिर १७ देखि २० गतेसम्मको भ्रमण स्वीकृत भएको छ । एजेण्डाको बारेमा थप छलफल भइरहेको छ ।’’

प्रधानमन्त्रीको भ्मण टोलीमा ८७ जनाको संख्या रहेको र धेरै निजी क्षेत्रबाट उपस्थिति रहेको बताउनु भयो ।

प्रकाशित मिति: १३ मंसिर २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्