बेलहिया नाका हुँदै अवैधरुपमा कुबेत जान लागेका १३ युवतीको उद्धार 


 


रुपन्देही १३ मङ्सिर । रूपन्देहीको बेलहिया नाका हुँदै अवैधरुपमा भारत हुँदै कुबेत जान लागेका १३ जना युवतीको उद्धार गरिएको छ ।

अवैधरुपमा रूपन्देहीको बेलहिया नाकाबाट भारतको सडक हुँदै कुबेत जान लागेका १३ जना युवतीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी नवीन पौडेलले जानकारी दिनुभयो । मानव बेचबिखन विरुद्ध काम गर्ने संस्था शान्ति पुनः स्थापना गृहले युवतीहरूको उद्धार गरेको उहाँले बताउनुभयो ।

शान्ति पुनः स्थापना गृह रुपन्देहीका सुपरभाइजर नितेश चौधरीले दिउँसो ३ः०० बजे अवैध रुपमा कुबेत जान लागेका युवतीको उद्धार गरिएको बताउनुभयो । उद्धारपछि प्रहरीको रोहबरमा शान्ति पुनः स्थापना गृहले थप अध्ययन गरिरहेको चौधरीले बताउनुभयो ।

प्रकाशित मिति: १३ मंसिर २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्