ट्रम्प र उनको मन्त्रिपरिषद्का सदस्यमाथि बम आक्रमणको धम्की
काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको मन्त्रिपरिषद्का सदस्यहरूमाथि बम आक्रमणको धम्की आएको छ ।
अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफबीआईले धम्कीहरूबारे जानकारी भएको बताएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकोले सुरक्षा र अनुसन्धानलाई प्रभावित बनाउने खालका झुट्टा विवरणसहितको टेलिफोन पनि आइरहेको एफबीआईको भनाइ छ ।
ट्रम्पले छनोट गरेका आवास, कृषि र श्रम विभागको नेतृत्व र संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूतको लागि भएको छनोट विरुद्ध धम्कीहरू आइरहेका बीबीसीले जनाएको छ ।
राष्ट्रपति जो बाइडेनलाई धम्कीको बारेमा जानकारी गराएको ह्वाइट हाउसले जनाएको छ ।
प्रकाशित मिति: १३ मंसिर २०८१, बिहिबार