यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, मंसिर १३ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४३ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ ।
युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १६९ रुपैयाँ ९१ र बिक्रीदर १७० रुपैयाँ ६६ पैसा तोकिएको छ ।
स्वीस फ्रयाङ्क १ को खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६८ पैसा कायम भएको छ ।
क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।
प्रकाशित मिति: १३ मंसिर २०८१, बिहिबार