वर्तमान सत्ता गठबन्धन अस्थिरताकाे कारक : बामदेव


 


प्युठान, माघ २८

नेकपा एमालेका उपाध्यक्ष्य बामदेव गौतमले देशको राजनैतिक अस्थिरताको कारक बर्तमान सत्ता गठबन्धन रहेको बताउनु भएकाे  छ ।

नेकपा एमाले तथा युवा संघ नेपाल प्युठानद्वारा आयोजित कार्यक्रमलाई प्रमुख अथितीको रुपमा सम्बोधन गर्दै उहाँले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर मात्र सहमतिको बिन्दुमा पुग्न सकिने बताउनु भएकाे छ ।

सत्ताधारी दल र मधेसी दलको अनावश्यक सर्त नेपाली जनताको हित मा नरहेको र नेकपा एमालेले जनहित बिरोधी षडयन्त्र लाई निस्तेज गर्ने गाैतमकाे भनार्इ थियाे।

कार्यक्रका विशेष अथिति  युवा संघका महासचिव किरण पौडेलले राष्ट्र र राष्ट्रियताका सन्दर्भमा बर्तमान युवा पुस्ता सजग रहेको बताउनु भयाे ।

पछिल्लो समय संघका नेता कार्यकर्ता माथी भएकाे केही हमलाहरुलाइ इंकित गर्दै उहाँले युवा संघ नेपालका कार्यकर्ताहरुसँग जस्तालाई त्यस्तै जवाफ दिने क्षमता रहेको बताउनु भयाे ।

पाैडेलले आवश्यक परे आफुहरु नि हतियार उठाउन तयार रहेको चेतावनी दिनु भएकाे थियाे । तर सो हतियार  कलम या बौद्दिक हतियार मा आफुहरुको विश्वास रहेको समेत पाैडेलकाे भनाइ थियाे।

कार्यक्रममा युवा संघका सचिव बच्चन सिंहले अबको निर्वाचनमा एमालेको बिजयका निमित्त युवाहरु विशेष परिचालित हुनुपर्ने बताउनु भएकाे थियाे ।

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्