ग्लोबल आइएमई बैङ्कद्वारा शवदाह गृह निर्माणका लागि २० लाख सहयोग


 


कोहलपुर १२ मङ्सिर । ग्लोबल आइएमई बैङ्क लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ ।

ग्लोबल आइएमई बैङ्कको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीलाई एक समारोहकाबिच उक्त सहयोग हस्तान्तरण गर्नुभयो ।

कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विधुतीय शवदाह गर्नका लागि कोहलपुर नगरपालिका वडा नं. ११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विधुतीय शवदाह गृह निर्माणको काम सुरु भइरहेको कार्यवाहक नगर प्रमुख सुवेदीले बताउनुभयो ।

बैङ्कका लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले यस सहयोगले वातावरणीय असर कम हुने विश्वास लिएको जानकारी दिनुभयो ।

बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरु छनौट गरी काम गरीरहेको छ ।

प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्