मन्त्रालयमै बोलाएर महोत्तरी र पर्साका सीडीओलाई गृहमन्त्री लेखकले सोधे स्पष्टीकरण
काठमाडौं । गृहमन्त्री रमेश लेखकले महोत्तरी र पर्साका सीडीओलाई स्पष्टीकरण सोधेका छन्।
गृहमन्त्रीमन्त्री लेखकले महोत्तरीका सीडीओ लालबाबु कवारी र सीडीओ गणेश अर्याललाई गृह मन्त्रालयमै बोलाएर स्पष्टीकरण सोधेका हुन्।
कवारीलाई महोत्तरीकै सीडीओ कार्यालयको प्रशासन शाखाका नायब सुब्बा अशोककुमार यादव घुससहित पक्राउ परेको विषयमा स्पष्टीकरण सोधेको गृह मन्त्रालय स्रोतले बतायो ।
अर्याललाई भने उनको विवादित अभिव्यक्तिको विषयमा स्पष्टीकरण सोधिएको हो । अर्यालमाथि केही दिन अगाडि अस्पताल तोडफोड सम्बन्धी विषयमा विवादित अभिव्यक्ति दिएको आरोप छ ।
कात्तिक ३० गते सीडीओले एक कार्यक्रममा सुत्केरीको मृत्यु भएको घटनामा चिकित्सकलाई लक्षित गर्दै अभिव्यक्ति दिएका थिए।
प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार