दुर्गा प्रसाईंका समर्थकहरूले गरे माइतीघरमा प्रदर्शन


 


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा समर्थकहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।

उनलाई निस्शर्त रिहाइ माग गर्दै समर्थकहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले ‘दुर्गा प्रसाईंको जीवन रक्षा गर, कम्बोडियाको कालो धन छानबिन गर, मानअधिकारको रक्षा गर’ भन्ने लगायतका नारा लेखिएको ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

प्रसाईंको मुद्दा बन्दी प्रत्यक्षीकरणका लागि पेसी चढेसँगै उनका समर्थकहरू माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा उनलाई मंसिर ४ गते केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो।

प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्