युक्रेनी आक्रमणबाट रुसी वायु रक्षा प्रणाली ध्वस्त


 


एजेन्सी । युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट रुसको प्रमुख वायु रक्षा प्रणाली ध्वस्त भएको छ भने कुर्स्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको छ ।

अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टम जस्तै क्षमता भएको इस-४०० वायु रक्षा प्रणालीलाई लक्षित गरेर युक्रेनले रुसमा आक्रमणमा गरेको हो ।

भर्खरै अमेरिकाले युक्रेनलाई एटीएसीएमएस मिसाइलहरू दिएको छ र त्यसलाई रुसभित्र प्रहार गर्न अनुमति दिएको छ।

युक्रेनले कुर्स्क क्षेत्रमा केही लक्ष्यलाई निशाना बनाएको बताएको थियो ।

यसैबीच युक्रेनी वायुसेनाले सोमबार राति रुसले १८८ ड्रोनबाट आक्रमण गर्दा केही आधारभूत संरचनामा क्षति पुगेको बताएको छ ।

प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्