दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो


 


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा पेस गरिएको छ ।

साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईंलाई आज सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।

प्रसाईंका छोरा नीराजन प्रसाईंले मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए ।

उनले दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए ।

न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आइतबार आदेश गरेको थियो।

किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा प्रसाईंमाथि अनुसन्धान भइरहेको छ ।

प्रसाईंको आजै बयान गराइने छ । उनको लिखित जवाफ आज पेस भए आजै सुनुवाइ भई रिहा गर्नेबारे आदेश हुनेछ।

लिखित जवाफ पेस नभए अर्को दिन जवाफ पेस गर्नु पर्नेछ ।

प्रकाशित मिति: ११ मंसिर २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्