दुर्गा प्रसाईँलाई अस्पतालबाट हिरासत लगियो
काठमाडौँ, मंसिर ११ । स्वास्थ्यमा समस्या भएपछि वीर अस्पतालमा भर्ना भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई हिरासत फर्काइएको छ । उनलाई केही दिनअघि अस्पतालन भर्ना गरिएको थियो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईलाई उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन् ।
प्रसाई क्यान्सरको बिरामी हुन्। हिरासतमा राख्दा स्वास्थ्य जोखिम बढ्ने भएका उपचारका लागि प्रसाईलाई अस्पताल भर्ना गरिएको थियो ।
प्रकाशित मिति: ११ मंसिर २०८१, मंगलबार