कति छ आजका लागि विदेशी मुद्राको विनिमयदर ?
काठमाडौं, मंसिर ११ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३५ रुपैयाँ १७ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७१ पैसा रहेको छ ।
युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९६ पैसा तोकिएको छ ।
स्वीस फ्रयाङ्क १ को खरिददर १५१ रुपैयाँ २२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा छ ।
यस्तै क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ ।
प्रकाशित मिति: ११ मंसिर २०८१, मंगलबार