नक्कली शैक्षिक प्रमाणपत्रले काठमाडौंका सिडिओ गृहमा तानिए


 


काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई मन्त्रालयमा तानेको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र रहेको आरोप लागेका सिडिओ आचार्यलाई गृहले मन्त्रालयमा तानेको हो ।

शैक्षिक प्रमाणपत्रमा कैफियत भएको देखिएका आचार्यलाई गृह मन्त्रालयमा तानिएको गृह स्रोतले बतायो ।

आचार्यको ठाउँमा अहिलेसम्म भने कसैलाई पठाईएको छैन । यसबारे अहिले गृहमन्त्री र गृह सचिवबिच छलफल भइरहेको स्रोतले बतायो ।

प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्