चिनियाँ परियोजना बीआरआईमा अनुदान सहयोग लिनुपर्छ : देउवा


 


जनकपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीआरआईमार्फत ऋण लिन नसकिने बताएका छन्।

जनकपुर विमानस्थलमा बीआरआई परियोजनाबारे बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

चिनियाँ परियोजना बीआरआईमार्फत ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्नेमा कांग्रेस स्पष्ट रहेको उनले बताए ।
बीआरआई परियोजनामा छलफल जारी रहेको र छिट्टै एउटा निष्कर्षमा पुग्ने कांग्रेस सभापति देउवाले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने सभापति देउवाको भनाई छ ।

प्रधानमन्त्री ओलीको आगामी चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजना सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेस र एमालेबीच समझदारी बन्न सकेको छैन ।

प्रधानमन्त्री ओलीले आगामी मंसिर १७ गतेदेखि चीन भ्रमण गर्दैछन् ।

प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्