कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं, मंसिर १० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १४० रुपैयाँ ४६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८ पैसा तोकिएको छ ।
युके पाउण्ड स्टर्लिङ १ को खरिददर १६८ रुपैयाँ ९६ र बिक्रीदर १६९ रुपैयाँ ७२ पैसा रहेको छ ।
स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ ८३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४ पैसा कायम भएको छ ।
यस्तै क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।
प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार