फ्रान्सेली आणविक भट्टी विस्फोट


 


काउन (फ्रान्स), माघ २७

फ्रान्सको उत्तरपश्चिममा अवस्थित सामुद्रिक इलाकामा रहेको एक आणविक भट्टीमा विस्फोट हुँदा भट्टीमा कार्यरत पाँच जना कर्मचारी सामान्य घाइते भएको फ्रान्सले जनाएको छ । स्थानीय सरकारी अधिकारी ज्याक्स विटकोस्कीले यो आणविक दुर्घटना नभै तर सामान्य बिष्पोट भएको बताउनुभएको छ ।

 सन् १९८० देखि सञ्चालनमा रहेको भट्टीको एउटा भेन्टिलेटर आणविक क्षेत्रभित्र विस्फोट भएको र यसबाट धुवाँको सामान्य मुस्लो निस्केको र यसैका कारण श्वासप्रश्वासमा समस्या हुँदा पाँच जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरू अहिले खतरामुक्त रहेको विटकोस्कीले बताउनुभयो । रासस/एएफपी

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्