अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त


 


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: ९ मंसिर २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्