एलन मस्क बने मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति, प्रधानमन्त्री ओलीले गरे नेपाल भ्रमणको निम्तो


 


काठमाडौं । टेस्ला, एक्स तथा स्पेस एक्सलगायतका कम्पनीका मालिक एलन मस्क अहिलेको विश्वको सबैभन्दा धनी व्यक्तिमा पुनरागमन मात्रै गरेका छैनन् मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।

‘ब्लुमबर्ग बिल्यनियर्स इन्डेक्स’काअनुसार मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।

‘ब्लुमबर्ग बिल्यनियर्स इन्डेक्स’काअनुसार मस्कको व्यक्तिगत सम्पत्ति चमत्कारिक बृद्धिका साथ ३ खर्ब ४८ अर्ब अमेरिकी डलर पुगेको छ । यो रकम भनेको नेपाली रुपैयाँमा ४६९ खर्ब ८५ अर्ब ६० करोड २८ लाख नेपाली रुपैयाँ हो ।

फोर्ब्सका अनुसार तीन खर्ब ३४ अर्ब ३० करोड डलर कूल सम्पत्तिसहित मस्कले इतिहास रचेका हुन् । अमेरिकी रुाष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयसँगै उनका कट्टर समर्थक तथा सहयोगी बनेका मस्कको विद्युतीय कार कम्पनी टेस्लालगायतको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएसँगै उनको सम्पत्ति पनि बढेको हो ।

व्यक्तिगत सम्पत्तिमा भएको यस्तो बृद्धिले मस्कलाई मानव इतिहासकै सबैभन्दा धनि व्यक्ति बनाएको हो ।

उनको सम्पत्तिमा अचानक आएको बृद्धिको कारण भने टेस्ला कम्पनीको सेयर मूल्यमा भएको बृद्धि रहेको छ । अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयसँगै पछिल्ला दिनहरुमा टेस्लाको सेयर मूल्य आकाशिएको छ ।

अमेरिकी निर्वाचन भएको दिनमा मात्रै टेस्लाको सेयरमा ४० प्रतिशतको बृद्धि देखिएको थियो । अमेरिकी निर्वाचनका क्रममा मस्क स्वयले पनि ट्रम्पको समर्थन गरेका थिए र चुनावी अभियानमा आर्साथिक रुपमा नै साथ दिएका थिए ।

फोर्ब्सका अनुसार नोभेम्बर २२ शुक्रबार बजार बन्द हुने बेलासम्म मस्कको कूल सम्पत्ति ३ खर्ब २१ अर्ब ७० करोड डलर पुगेको थियो । टेस्ला कम्पनीको शेयर मूल्यमा ३।८ प्रतिशतले वृद्धि भई साडे तिन वर्षयताकै उच्च अर्थात् प्रतिशेयर ३५२ डलर नाघेपछि मस्कको सम्पत्ति एकैदिन ७ अर्ब डलर बढेको हो।

टेस्लाका साथै मस्कको कृतिम बुद्धिमत्तासम्बन्धी कम्पनी ‘एक्सएआई’ को सेयर मूल्यमा पनि आकस्मिक बृद्दि भएको छ । उक्त कम्पनीको सेयरमा भएको वृद्धिपछि त्यसको भ्याल्युएसन ५० अर्ब अमेरिकी डलर पुगेको छ । र यसले मस्कको व्यक्तिगत सम्पत्तिमा पनि १३ अर्ब अमेरिकी डलरको योगदान गरेको छ ।

अहिले मस्कको एआई कम्पनी एक्स एआईको मूल्य ५० अर्ब डलर पुगिसकेको छ र त्यसले पनि उनको सम्पत्ति बढाउन सहयोग गरेको छ । त्यस्तै दुई खर्ब १० अर्ब डलरको अन्तरिक्ष कम्पनी स्पेस एक्सको बजार पुँजीकरणले पनि मस्कको अर्बौं डलरको सम्पत्तिमा महत्वपूर्ण हिस्सा ओगटेको छ । स्पेस एक्समा मस्कको शेयरहिसा ४२ प्रतिशत रहेको छ ।

अमेरिकामा पछिल्लोपटक राष्ट्रपतिको चुनाव हुने दिनकोभन्दा अहिले मस्कको सम्पत्ति ७० अर्ब डलरले बढी छ । त्यसयता टेस्लाको ४० प्रतिशतले बढेको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी खर्बपति तथा सामाजिक सञ्जाल एक्स (ट्‍वीटर) का मालिक एलन मस्कलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

शुक्रबार साँझ भएको भर्चुअल संवादपछि प्रधानमन्त्री ओलीले मस्कलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्सबाटै यसबारे जानकारी गराएका थिए । उनले एक्समा लेखेका थि–‘एलन मस्कसँगको कुराकानीमा मैले उहाँलाई नेपाल भ्रमणको निमन्त्रणा दिएँ ।’

मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्न इच्छा देखाइरहेको भन्दै भर्चुअल संवादका क्रममा मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंकबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई अमेरिकाको डिपार्टमेन्ट अफ गर्भर्मेन्ट एफिसियन्सीमा नियुक्त गर्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति: ९ मंसिर २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्