रवि लामिछानेलाई बिहानै अदालत पुर्याइयो
पोखरा, मंसिर ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बिहानै अदालत पु¥याइएको छ ।
सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेको लामिछानेलाई आज चौथोपटक म्याद थपका लागि अदालत लगिएको हो ।
अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएपछि उनलाई थप म्यादका लागि उनलाई आज अदालत लगिएको हो ।
प्रहरीले अनुसन्धान बाँकी रहेकोले म्याद थप मागेको छ । रविलाई म्याद थपेपछि काठमाडौँ लैजाने तयारी छ । लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका हुन् ।
रविसँगै छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललाई पनि अदालत पुर्याइएको छ ।
प्रकाशित मिति: ९ मंसिर २०८१, आइतबार