ललितपुरका ६ स्थानमा सवारी पार्किङ निषेध


 


ललितपुर, मंसिर ९ । ललितपुर महानगरपालिकाले विभिन्न ६ स्थानमा पार्किङ निषेध गरेको छ ।

सवारी साधनहरू तथा पैदल यात्रुहरूको अत्यधिक चाप हुने क्षेत्रमा आवत जावत सहज बनाउन निषेधित क्षेत्र घोषणा गरिएको ललितपुर महानगरपालिकाका नगर प्रहरी बलले जनाएको छ ।

मंगलबजार, सुनधारा, ग्वार्को सडक खण्ड र मंगलबजार, टंगल, थती (लगनखेल) सडक खण्डमा आजैदेखि सवारी साधन पार्किङ निषेध गरिएको नगरि प्रहरी बल प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

अत्यधिक सवारी साधनको पार्किङले गर्दा महानगरपालिका क्षेत्र भित्र रहेको सम्पदा संस्कृतिको धरोहर पाटन दरबार स्क्वायर क्षेत्रमा पर्यटक र पैदल यात्रुहरूको आवागमन, दमकल, एम्बुलेन्स जस्ता आकस्मिक सवारी साधनलाई समेत आवतजावत गर्न असहज भएपछि यस्तो निर्णय गर्नुपरेको महानगरले जनाएको छ ।

प्रकाशित मिति: ९ मंसिर २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्