दुर्गा प्रसाईंको बीएण्डसीमा पठनपाठनको तयारी
झापा, मंसिर ९ । दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएसको पठनपाठनको तयारी पूरा गरेको छ ।
सर्वोच्च अदालतले २०८० चैत १३ मा बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेपछि काठमाडौं विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको हो ।
चिकित्सा शिक्षा आयोगले चालु शैक्षिकसत्रका लागि बीएण्डसीलाई ५० विद्यार्थी पढाउन पाउने सिट निर्धारण गरेको थियो । हाल नियमानुसार नै विद्यार्थी भर्ना चलिरहेको कलेजका जनसम्पर्क अधिकृत प्रमेश गिरीले बताए ।
उनका अनुसार पहिलो वर्षमा ५० विद्यार्थीलाई अध्यापन गराउन कलेजले आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र शैक्षिक सामग्रीको व्यवस्था गरिसकेको छ ।
प्रकाशित मिति: ९ मंसिर २०८१, आइतबार