कति छ आजका लागि विदेशी मुद्राको विनिमयदर ?
काठमाडौं, मंसिर ९ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १४० रुपैयाँ ५२ पैसा र बिक्रीदर १४१ रुपैयाँ १४ पैसा रहेको छ ।
युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १६८ रुपैयाँ ८६ र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
स्वीस फ्रयाङ्क १ को खरिददर १५१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ दुई पैसा रहेको छ ।
क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा तोकिएको छ ।
प्रकाशित मिति: ९ मंसिर २०८१, आइतबार