सडक फोहोर गरेको भन्दै महानगरले गर्यो एमालेलाई १ लाख रुपैया जरिवाना
काठमाडौं ७ मङ्सिर। काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ ।
शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ ।
फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ ।
नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्रअनुसार एमालेले अब महानगरपालिका जरिवाना रकम तिर्नुपर्नेछ ।
प्रकाशित मिति: ७ मंसिर २०८१, शुक्रबार