अब धरहरा चढ्न दुई सय शुल्क तिनुपर्ने
काठमाडौं ७ मङ्सिर । सरकारले धरहरा चढ्ने शुल्क निर्धारण गरेको छ ।
सरकारले मंसिर ९ गतेदेखि सशुल्क रुपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको हो ।
धरहरा चढ्नका लागि मंसिर ९ गतेदेखि २०० रुपैयाँ तिर्नुपर्ने छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
हाललाई सर्वसाधरणका लागि २०० रुपैयाँ शुल्क लिइ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार धरहरा चढी अवलोकन गरेको प्रतिव्यक्ति शुल्क स्वदेशीलाई २००, सार्क मुलुकलाई ५००, सार्क मुलुक बाहेक अन्य मुलुकका नागरिकलाई १ हजार तोकिएको छ ।
चार पाङग्रे सवारी साधनको लागि २० रुपैयाँ र दुई पांग्रेको लागि १० रुपैयाँ पार्किङ शुल्क तोकेको छ । धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा विद्यार्थी र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आधा छुट दिने निर्णय समेत भएको छ । १० वर्ष मुनिका बालबालिका शुल्न नलाग्ने भएको छ ।
प्रकाशित मिति: ७ मंसिर २०८१, शुक्रबार