गरिमा विकास बैंक लिमिटेडको १८ औँ वार्षिकोत्सवको अवसरमा १८ कार्यक्रम


 


काठमाडौँ ७ मङ्सिर । गरिमा विकास बैङ्क लिमिटेडले १८ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तदायित्वमूलक १८ ओटा कार्यक्रम गरेको छ । सबैमा पहुँच मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री एवं नविनतम डिजिटल बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको यस गरिमा विकास बैंक लिमिटेडले शुक्रबार १८ औँ वार्षिकोत्सव सम्पन्न गरेको हो ।
देशभर विभिन्न १८ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु आयोजना गरी १८औं वार्षिकोत्सव मनाउने उद्देश्य लिएको यस विकास बैंकले आज मिति गते शुक्रवार देशभरी विविध कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ ।
देशका विभिन्न ठाउँमा गरिएको रक्तदान कार्यक्रमबाट ५ सय ६२ युनिट रगत संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय पोखरालाई ब्रेथलाइजर र रङ्गिन प्रिन्टर प्रदान गरिएको छ । यस्तै कान्ति बाल अस्पताल काठमाडौँ र बेनी अस्पताल म्याग्दीमा वेटिङ्ग कुर्सी प्रदान गरिएको छ ।
ज्ञानज्योति आधारभूत विद्यालय लल्याङ स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसूट (स्कूल ड्रेस) वितरण गरिएको छ भने जानकी मन्दिर जनकपुरधाममा जुत्ता राख्ने ¥याक प्रदान गरिएको छ ।
त्यसैगरी “स्वस्थ जीवनशैली” का लागि खेलकुुद भन्ने नाराका साथ यस विकास बैंकले मिति मङ्सिर ८ गते शनिबार ‘गरिमा रोड रेस प्रतियोगिता आयोजना गर्दैछ । खुल्लातर्फ महिला र पुरुष १० कि.मि. र कर्पोरेट तर्फ महिला र पुरुष ५ कि.मि. दुरीको गरी कुल ४ ओटा विधामा प्रतियोगिता बैंकले जनाएको छ । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने धावकहरुलाई क्रमशः रु.७५,०००,रु.६०,०००, रु.४५,०००, रु.३०,००० र रु.१५,००० पुरस्कार प्रदान गर्नेछ । खुल्ला र कर्पोरेट तर्फको रोड रेस प्रतियोगितामा गरी करिब ७०० जनाको सहभागिता रहनेछ ।

प्रकाशित मिति: ७ मंसिर २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्