प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष द्विवेदीबीच भेटवार्ता


 


काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

उनीहरुबीच शुक्रबार अपरान्ह सिंंहदरबारमा भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनाध्यक्षबीच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी व्यक्त गरे ।

उनले दुई मुलुकबीचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको मानार्थ सेनापति हुन पाउँदा गर्वको महसुस गरेको बताए ।

उनले आफूलाई भाग्यमानी ठानेको बताउँदै दुई देशको सम्बन्धलाई थप विस्तारमा आफूले सक्दो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: ७ मंसिर २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्