जिप्रका महोत्तरीका नायव सुब्बा २० हजार घुससहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायव सुब्बा अशोककुमार यादवलाई घुससहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले यादवलाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
मुद्दा शाखामा कार्यरत नायब सुब्बाले सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएका थिए ।
उनलाई सेवाग्राहीबाट लिदैँ गरेको अवस्थामा २० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो ।
सवारी ज्यान मुद्दामा सवारी धनी पक्षले पीडितपक्षलाई दिने क्षतिपूर्ति तथा क्रिया खर्चबाट लिएको २० हजार रुपैयाँ घुस लिएका थिए ।
प्रकाशित मिति: ७ मंसिर २०८१, शुक्रबार