काठमाडौं महानगरपालिकामा घुसकाण्ड : बालेनले निलम्बन गरे अधिकृत


 


काठमाडौं । काठमाडौं महानगरपालिकाका एक कर्मचारीले दुई हजार रुपैयाँ घुस मागेको खुलेपछि मेयर बालेन्द्र साह (बालेन)ले छानविन थालेका छन् ।

राष्ट्रिय सभागृहस्थित राष्ट्रिय परिचयपत्र इकाइमा कार्यरत अधिकृत आठौं तहका कर्मचारी अब्दुल मजिद खानलाई निलम्बन गरी उनले छानविन थालेका हुन् ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि उनले गत २९ कात्तिकमा दुई हजार रुपैयाँ घुस मागेको उजुरीका आधारमा छानविन सुरु भएको हो ।

उपत्यका बाहिरका नागरिकको परिचयपत्र बनाउन नमिल्ने तर २ हजार दिए काम गरिदिने भन्दै पैसा मागेका थिए ।

जून सूचना पाएलगत्तै मेयरले अधिकृत खानलाई निलम्बन गरेका हुन् ।

त्यहाँ कार्यरत राष्ट्रिय परिचयपत्रका एक कर्मचारीलाई पनि हटाएर छानविन गरिएको छ ।

यसअघि पनि केही कर्मचारीलाई मेयर बालेनले निलम्बन गरेका थिए ।

प्रकाशित मिति: ७ मंसिर २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्