काठमाडौंमा आज एकैदिन तीन स्थानमा प्रदर्शन


 


काठमाडौँ, मंसिर ७ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको पूर्व निर्धारित कार्यक्रम अनुसार आज कोटेश्वरमा प्रदर्शन गर्ने तयारी गर्दा आजै अन्य दुई स्थानमा सहकारी पीडित र एमाले पनि प्रदर्शन गर्दैछ ।

सत्तारुढ दल नेकपा एमालेले आज बिहान साढे ११ बजे काठमाडौँको शहीद गेटबाट जुलुस शुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा सभा गर्दैछ ।

यसैगरी माइतीघरमा सहकारी पीडितहरूले प्रदर्शन गर्न लागेको हो ।

दरबारमार्गमा हुने एमालेको सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तालिका रहेको छ ।

एमालेले आफ्नो पार्टी र नेतृत्वविरुद्ध सडकबाट देखाइदिने भन्दै अफवाह फैलाइरहेकाहरुलाई जवाफ दिन यो सभा गरेको बताउँदै आएको छ ।  एक लाख कार्यकर्ता सडकमा उतार्ने एमालेको तयारी रहेको छ । 

कोटेश्वरमा दुर्गा प्रसाई समर्थकको र माइतीघरमा सहकारी पीडितको पनि प्रदर्शन रहेकाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त हुनसक्ने देखिएको छ ।

प्रसाई साइबर अपराधमा प्रहरीको हिरासतमा रहेकाले यो आन्दोलन सशक्त नहुने देखिएको छ । 

प्रकाशित मिति: ७ मंसिर २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्