काठमाडौंमा रातमा गयो भूकम्प
काठमाडौं, मंसिर ७ । काठमाडौंमा बिहीबार राति भूकम्प गएको छ । कीर्तिपुर आसपास केन्द्रविन्दु भएर राति १०ः३० बजे २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो ।
सानो म्याग्निच्युडको भएपनि केन्द्रविन्दु नजिक भएकाले काठमाडौंसहित आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडौंमा धेरै समयपछि भूकम्पको धक्का महसुस हुँदा केही मानिसहरु घरबाहिर निस्किएका थिए ।
प्रकाशित मिति: ७ मंसिर २०८१, शुक्रबार