उम्मेदवारी परेका स्थानमा कोणसभा गर्न रास्वपाको सर्कुलर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भएका स्थानमा कोणसभा गर्न सर्कुलर गरेको छ ।
रास्वपाले उपनिर्वाचनमा पार्टीबाट उम्मेदवारी दिएका स्थानमा सरकारविरूद्ध कोण सभा गर्न सर्कुलर जारी गरेको हो ।
कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले बिहीबार सबै प्रदेश समिति, जिल्ला समितिहरू, निर्वाचन क्षेत्र समिति, पालिका समिति, वडा समिति, केन्द्रीय/प्रादेशिक/पालिका विभाग र निर्वाचन परिचालन समितिलाई केन्द्रीय समितिको निर्णयको सर्कुलर पठाएका हुन्।
यही मंसिर १६ गते ३३ जिल्लाका ४४ पदका लागि उपनिर्वाचन हुँदैछ। वर्तमान सरकारले सभापति रवि लामिछानेलाई प्रतिशोध साँधेर पटक-पटक म्याद थप गरी षड्यन्त्रपूर्वक हिरासतमा राखेको पनि सर्कुलरमा उल्लेख छ।
रास्वपाले १६ मंसिरमा हुने उपनिर्वाचनमा २७ स्थानमा उम्मेदवार बनाएको छ । उपनिर्वाचन हुने ४४ पदमा १८ स्थानमा रास्वपाले उम्मेदवार बनाएको छैन ।
केन्द्रीय समितिको निर्णय अनुसार ८ र ९ मंसिरमा रास्वपामा उम्मेदवार भएका स्थानहरूमा सरकारको विरोधमा कोण सभा गर्न निर्देशन दिएको छ ।
प्रकाशित मिति: ६ मंसिर २०८१, बिहिबार